दश सन्तान जन्माऊ‚ २२ लाख रुपैयाँ लैजाऊ : पुटिन

मस्को : घट्दो जन्मदरका कारण रूसले संकट भोग्दै छ। रूस क्षेत्रफलको आधारमा संसारको सबैभन्दा ठूलो देश हो‚ यसको जनसंख्या भने १४ करोड ४१ लाख मात्रै छ।घट्दो जनसंख्याबाट चिन्तित भएर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘मदर हिरोइन’ सम्मान पुनः दिने घोषणा गरेका छन्। सोभियतकालमा यो सम्मान दिने गरिएको थियो। राष्ट्रपति पुटिनले पनि यसै साता यो सम्मान सम्बन्धी सरकारी आदेशमा हस्ताक्षर गरेका छन्। जसमा १० वा त्यसभन्दा बढी बच्चा जन्माउने र हुर्काउने महिलालाई रूसको ‘मदर हिरोइन’