साफ च्याम्पियनसिपको १३ औं संस्करण आगामी अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुने भएको छ ।दक्षिण एसियाली फुटबल महासंघ (साफ)को कार्यकारी समितिले नेपाल र माल्दिभ्सले प्रतियोगिता आयोजनाका लागि गरेको प्रस्तावको समीक्षापछि अन्ततः सोमबार माल्दिभ्सलाई चयन गरेको हो ।एन्फाका महासचिव इन्द्रमान तुलाधरले कोभिड–१९ को असर नेपालमा भन्दा माल्दिभ्समा कम रहेकाले पनि आयोजकका रुपमा माल्दिभ्स चयन भएको बताए ।