काठमाडौं : जनगणनामा खटिएका गणकहरूले प्रश्नको उत्तर मनपरी लेखेको पाइएको भन्दै आदिवासी जनजाति संगठनहरूले तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठको ध्यानाकर्षण गरेका छन्।नेपाल आदिवासी जनजाति महासंघमा आवद्ध जातीय संगठनहरुले जनगणना सुरु भएको पाँचौं दिन तथ्यांक विभागको कार्यालयमा पुगी ध्यानकर्षण गराएका हुन्।महानिर्देशक श्रेष्ठ र उपमहानिर्देशक हेमराज रेग्मीलाई आदिवासी जनजाति महासंघ, नेपाल तामाङ घेदुङ, नेवाः देय दवु, नेपाल मगर संघ, तमु ह्युल छोंजधि‚ किरात याक्थुङ चुम्लुङलगायत संस्थाका प्रतिनि