तीनवटै तहका सरकारले सहयोग गर्ने नीति ल्याउने हो भने गण्डकी प्रदेशमा ठूलो परियोजनामा लगानी गर्ने व्यवसायीले बताएका छन् । प्रदेशको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले शनिबार लुम्लेमा गरेको उद्यमी लगानीकर्ता सम्मेलनमा लगानीका लागि अनुकूल वातावरण तयार गरिदिन व्यवसायीले आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकीको समन्वयमा भएको सम्मेलनमा सरकारले सहायता गर्ने नीति ल्याए ठूला लगानीकर्तासँग परियोजना बैंक तयार रहेको बताए ।