एप्पलको आईफोनको एक प्रमुख उत्पादकले सांघाईमा आफ्ना उत्पादन बन्द गरेको छ । लकडाउनका कारण प्रविधि कम्पनी पेगाट्रोनले उत्पादन बन्द गरेको हो । पेगाट्रोनले चीनमा रहेका आफ्ना दुई कारखानामा उत्पादन अस्थायी रूपमा स्थगित गरेको जनाएको छ । अधिकारीहरूले मंगलबार सांघाईमा कोभिडसम्बन्धी प्रतिबन्ध खुकुलो बनाइरहेका बेला कम्पनीले उत्पादन अस्थायी रूपमा बन्द गर्ने बताएको हो ।प्रतिबन्ध खुकुलो भएसँगै सहरका २ करोड ५० लाख मानिसहरू केही साताको ‘बन्दी’ पछि घरबाहिर निस्कन पाउने भएका छन् । मुख्य उत्पादन र