ताप्लेजुङ – चिसो बढेसँगै ताप्लेजुङको हिमाली गाउँ तोक्पेगोला आजकल सुनसान हुन पुगेको छ। हिउँदको चिसो छल्न यहाँका मानिस बस्ती छाडेर अन्यत्र सरेपछि तोक्पेगोला सुनसान बन्न पुगेको हो। हिउँदको कठ्याङ्ग्रिदो जाडो सुरु भएसँगै यहाँका बासिन्दा तल्लो भेगमा पर्ने पापुङ, दोङ्गेन, तार्तोङ, लाम्साङ र सङ्खुवासभाको गुफालगायत ठाउँमा गएर बस्न थालेका छन्। हरेक वर्षको जाडो याममा उनीहरू याक, […]