दार्चुलामा एमाले कार्यकर्ताबाट कुटिएका माओवादी कार्यकर्ता बीएण्डबी रिफर

२८ कात्तिक, काठमाडौं । दार्चुलाको नौगाड गाउँपालिकामा एमाले कार्यकर्ताहरुको आक्रमणबाट जयभान सिंह धामी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि ललितपुरको बीएण्डबी अस्पताल ल्याइएको छ । माओवादी केन्द्रको काठमाडौं-दार्चुला समन्वय समितिका अध्यक्ष हुन् । नौगाड गाउँपालिका-६ खेडमा एमाले कार्यकर्ताहरुले आइतबार दिउँसो जयभानलाई घेरा हालेर आक्रमण गरेका थिए । सामाजिक सन्जालमा सार्वजनिक भएको एक भिडियोमा […]