नबिल इन्भेष्टमेण्ट बैंकिङले सातै प्रदेशमा सचेतना कार्यक्रम गर्ने

काठमाडौं (अस) । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले मुलुकका सातै प्रदेशमा सचेतनामूलक कार्यक्रम गर्ने भएको छ । कम्पनीले यसअघि सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा गरिसकेको सचेतनामूलक कार्यक्रम सातै प्रदेशमा गर्ने भएको हो । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शेयर बजार सम्बन्धी गर्दै आएको सचेतनामूलक कार्यक्रम मुलुकका सबै प्रदेशमा गर्ने जानकारी दिएको हो । सचेतना कार्यक्रममा शेयर बजारमा कसरी प्रवेश गर्ने तरीका, धितोपत्र सम्बन्धी ऐन नियम तथा निर्देशन लगायतका बारेमा जानकारी दिइनेछ । त्यस्तै कार्यक्रममार्फत धितोपत्र व्यवसायी तथा मर्चेन्ट बैंकरहरूको काम, कर्तव्य र अधिकारका बारेमा समेत जानकारी दिइने बताइएको छ । यसअघि गत फागुन २२ मा उक्त कार्यक्रम सुदूरपश्चिम प्रदेशको धनगढीमा गरिएको थियो । त्यस्तै गण्डकी प्रदेशमा समेत सो कार्यक्रम सम्पन्न भइसकेको कम्पनीको भनाइ छ । ती कार्यक्रममा कम्पनीका इन्भेष्टमेन्ट बैंकिङ विभाग प्रमुख  विकासचन्द्र भण्डारीले विद्यमान नेपालको धितोपत्र बजारबाट लिन सकिने फाइदा र मर्चेन्ट बैंकरहरूले प्रदान गर्ने सेवाहरूको बारेमा जानकारी गराएका थिए ।

सम्बन्धित सामग्री

पाही इन्भेष्टमेन्टद्वारा लगानीकर्ता शेयर सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं– पाही इन्भेष्टमेन्टले आज  सरस्वती पूजाको अवसरमा लगानीकर्ता शेयर सचेतना कार्यक्रम गरेको छ । आज श्रीपञ्चमीका दिन पाही इन्भेष्टमेन्ट प्रा.लि द्वारा सरस्वतीको पूजा–आराधना गरी विविध कार्यक्रमका साथ लगानीकर्ता शेयर सचेतना कार्यक्रम र निःशुल्क डीम्याट खाता अभिनयसमेत सञ्चालन गरिएको थियो। पाही इन्भेष्टमेन्ट प्रा.लिले सञ्चालन गरेको लगानीकर्ता शेयर सचेतना कार्यक्रम र निःशुल्क डीम्याट खाता अभियान पुल्चोक इन्जिनियर […]

साइबर अपराधविरुद्ध सचेतना कार्यक्रम सञ्चालन

काठमाडौं – किशोरीमाथि बढ्दै गएको साइबर अपराधलाई मध्यनजर गर्दै अखिल नेपाल महिला संघ केन्द्रीय कमिटिले विद्यालय केन्द्रीत सचेतना कार्यक्रम सञ्चालन गरेको छ । प्रहरीको साइबर ब्यूरोसँग समन्वय गरी अनेमसंघले विद्यालय केन्द्रीत सचेतना कार्यक्रम सञ्चालन गरेको हो । महिला हिंंसा विरुद्धको १६ दिने अभियान अन्तरर्गत बुधबार अनेमसंघले काठमाडौको रत्नराज्य लक्ष्मी उच्च माध्यामिक विद्यालयका छात्रछात्राहरु बिच साईबर […]

भोजपुरमा मेटलाइफको बिमा सचेतना कार्यक्रम

मेटलाइफले भोजपुर नगरपालिकाको तालिमहलमा ८० भन्दा बढी सहभागीलाई बिमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ।...

कुमारी क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम

कुमारी क्यापिटलले ‘विश्व लगानी सप्ताह २०२३’ को अवसर पारेर विशेष लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरेको छ । कम्पनीले स्थानीय लगानीकर्तामा वित्तीय साक्षरता प्रवद्र्धन गर्दै कार्यक्रम सम्पन्न गरेको हो । नेपाल धितोपत्र बोर्ड (सेबोन),...

प्रहरी सचेतना कार्यक्रम प्रभावकारी

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख जयश्वर रिमालले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा प्रहरी सचेतना कार्यक्रम प्रभावकारी भएको बताए।...

विराट नर्सिङ होममा निःशुल्क शिविर र सचेतना कार्यक्रम

विराट अस्पतालमा तथा अन्य स्वास्थ्य केन्द्रहरुमा जन्मेका बच्चाहरु र तीनका अभिभावकहरुको सहभागितामा सचेतना कार्यक्रम भएको हो।

महानगरले बिद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम संचालन गर्ने

बालबालिका सूचनाका प्रमुख बाहक रहेको ठहर गर्दै काठमाडौं महानगरपालिकाले ट्राफिक नियमको पुर्ण रुपमा पालना गराउन विद्यालय स्तरबाटै ट्राफिक सचेतना कार्यक्रम संचालन गर्ने भएको छ।...

काठमाडौं महानगरले  विद्यालयमा डेंगुसम्बन्धी सचेतना कार्यक्रम संचालन गर्ने

काठमाडौं महानगरले  विद्यालयमा डेंगुसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ।

कर्णालीमा ‘लोक सेवा सचेतना कार्यक्रम’ सञ्चालन गरिने

कर्णाली । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा युवाका लागि ‘लोक सेवा सचेतना कार्यक्रम’ सञ्चालन गर्ने नीतिमा जोड दिने भएको छ । कर्णाली प्रदेशसभाको दसौँ अधिवेशनको आठौँ बैठकमा मङ्गलबार कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रममार्फत युवाका लागि लोक सेवा सचेतना कार्यक्रम सञ्चालन गर्ने नीति ल्याइएको […]

नबिल बैंकको सचेतना कार्यक्रम

नबिल बैंकले ग्राहकहरुलाई समय सुहाउँदो सेवाहरु प्रदान गर्दै आउनेक्रममा सचेतनाका कार्यक्रम पनि सुरु गरेको छ । सबै किसिमका ग्राहकहरुको आवश्यकता सुहाउँदो डिपोजिट खाताको बारे जानकारी प्रदान गर्नका लागि बैंकले चेतनामूलक भिडियो बनाएर सचेतना कार्यक्रम ल्याएको हो । यस भिडियोमा एउटा व्यक्तिको कहानी निकै रोचक ढंगले देखाइएको छ । जसको बच्चैदेखि हरेक कुरा बचाउने बानी थियो […]