प्रतिनिधिसभाबाट सहरी क्षेत्र यातायात प्राधिकरण विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ पारित गरेको छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले सो विधेयक पारितका लागि प्रस्तुत गरेका थिए। बैठकमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ लाई पारित गर्न निर्णायक प्रस्ताव प्रस्तुत गर्दा गणपूरक सङ्ख्या नपुगेपछि बैठक १५ मिनेटका लागि […]