‘डन ३’ को तयारी सुरु, शाहरुख र अमिताभसँगै देखिन सक्ने

बलिउडको चर्चित फिल्म ‘डन’ को तेस्रो पार्ट बन्ने भएको छ । मिडिया रिपोर्टका अनुसार यो फिल्ममा अमिताभ बच्चन र शाहरुख खान सँगै देखिन सक्नेछन् । फरहान अख्तरको कम्पनी एक्सेल इन्टरटेनमेन्टले यसको सिक्वेल बनाउने योजना बनाएको छ । यससँगै फरहानले स्क्रिप्टमा पनि काम गर्न थालेका छन् ।फिल्मसँग नजिक रहेको स्रोतले भन्यो, ‘डन एक्सेलमा सबैको नजिकको विषय हो । टोलीले केही समयदेखि ‘डन ३’ बारे सोचिरहेको थियो तर राम्रो स्क्रिप्ट नहुँदा पटक–पटक छाड्दै आएको थियो । तर अब टोलीले अ