मन्त्रीज्यूको म्यासेज : निद्रा लागेन, तिम्रो याद आयो !

मिडिया एडभोकेसी ग्रुप (म्याग)ले आज (बुधबार) ‘महिला पत्रकारमाथि अनलाइन हिंसाको अवस्था’ प्रतिवेदन सार्वजनिक ग¥यो । देशभरका दुई सय ८१ महिला पत्रकारलाई अनलाइन हिंसासँग सम्बन्धित प्रश्न अनलाइनमार्फत पठाएर गरिएको अध्ययनमा ९० प्रतिशतले अनलाइन हिंसा भोगेको बताएका छन् । अन्य संस्थाको तुलनामा सञ्चारमाध्यमलाई बढी बहस र छलफल हुने थलोको रूपमा लिइन्छ । पत्रकारले प्रचलित कानुन र सामाजिक न्यायका सम्बन्धमा मोटामोटी बुझेको हुन्छ भन्ने पनि समाजको धारणा पाइन्छ । छापा, विद्युतीय तथा अनलाइन म