काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजन ‘माई सेकेन्ड टिचर’ले गर्ने भएको छ।राष्ट्रिय क्रिकेट टोलीको जर्सीसम्बन्धी सम्पूर्ण व्यावसायिक अधिकार पाएको एडप्याडले सोमबार आइएनजी ग्रुपको ‘माई सेकेन्ड टिचर’सँग सम्झौता गरेको हो।नेपाल क्रिकेट संघ (क्यान)ले गत जनवरीमा एडप्याडसँग राष्ट्रिय क्रिकेट टोलीको जर्सीमा मुख्य प्रायोजक खोज्नेलगायत सम्पूर्ण व्यावसायीक अधिकारसम्बन्धी सम्झौता गरेको थियो। एक वर्षका लागि सम्झौता गरिएको बताइए पनि रकम भने खुलाइएको छैन। अ