चितवन : कलेजो प्रत्यारोपण गर्दै आइरहेको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा कलेजोको जाँच गर्नेमध्ये आधामा प्रत्यारोपण गर्नुपर्ने जटिल समस्या देखिएको छ। अस्पतालका अनुसार दैनिक २५ जनाको हाराहारीमा कलेजकाको बिरामी आउने गरेको र तीमध्ये आधामा प्रत्यारोपण गर्नुपर्ने अवस्थाका हुन्छन्।कलेजो उपचारमा संलग्न डा. सागर पौडेलले भने, ‘हामीकहाँ दैनिक २५ जनाको हाराहारीमा ओपिडीमा चेकजाँचको लागि आउनु हुन्छ। तीमध्ये १२, १३ जनाको प्रत्यारोपण गर्नुपर्ने देखिएको छ।’अस्पतालले गत चैतदेखि कलेजो प्रत्यारोपणको स