पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण

न्युज अफ नेपाल, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका थिए । उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । हाल उनको अवस्था सामान्य रहेको बताईको छ । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको जनाइएको छ ।

सम्बन्धित सामग्री

पूर्वप्रधानमन्त्री खनाल नर्भिक अस्पताल भर्ना

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्य समस्या भएपछि अस्पताल भर्ना भएका छन्। ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो। केही दिनदेखि स्वास्थ्य समस्या देखिएकाे थियो। अहिले स्वास्थ्य परीक्षण भइरहेको जनाइएको छ। कोरोना संक्रमण पुष्टि भएपछि गत महिना नर्भिक अस्पतालमा उपचारपछि घर फर्किएका थिए।

को को भीआइपीलाई कोरोना संक्रमण

काठमाडौं, १८ वैशाख । देशमा कोरोना भाइरसको दोस्रो लहरले महामारीकै रुप लिइसकेको छ । दैनिक संक्रमित र मृतकको संख्यामा रेकर्ड नै तोडिएको छ । संक्रमण भयावह बन्दै जाँदा देशका शक्तिशाली र नाम चलेकाहरु पनि धमाधम संक्रमित हुन थालेका छन् । कोरोना संक्रमित भएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । उनी मनमोहन अस्प्तालमा भर्ना […]