टी २० विश्वकप २०२१ को पहिलो सेमिफाइनलमा आज इङल्यान्ड र न्युजिल्यान्ड भिड्दैछन् । क्रिकेट कमेन्टेटर सुशिल दोषीका अनुसार यी दुबै टिम फाइनल खेल्नका लागि हकदार छन् । त्यसैले सेमिफाइनल खेलमा पावर प्लेको खेल निर्णायक साबित हुनसक्छ । इंग्लिस टिमको ब्याटिङ केही उत्कृष्ट रहेको उनले बताए । ‘यो टिम एक अलग अप्रोचबाट खेल्छ र पहिलोदेखि अन्तिम बलसम्म हिटिङ गर्छ । तर न्युजिल्यान्डलाई पनि कम आँक्न सकिन्न । उसँग त्यस्ता बलर छन्, जो योजनाबद्ध रुपमा बलिङ गर्छन् र इंग्लिस ब्याट्सम्यानहरुलाई दबाबमा रा