निजामती विधेयक दर्ता : उमेर हद ६० वर्ष, तहगत प्रणालीको प्रस्ताव

सङ्घीय निजामती सेवाको गठन, सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसदमा दर्ता गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सङ्घीय संसदमा विधेयकको मस्यौदा दर्ता गराएको हो । गत भदौमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पेस गरेको विधेयकको मस्यौदा आइतबार मात्र मन्त्रालयमा पुगेर सोमबार सङ्घीय संसदमा दर्ता भएको हो । मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले विधेयक संसदमा दर्ता गराइएको भन्दै अब सार्वभौम संसदले विधेयकमाथि व्यापक छलफल गरी ऐन जारी गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित सामग्री

निजामती विधेयक : लोकसेवाका परीक्षार्थीको उमेर कटौती

काठमाडौं – सरकारले संसदमा दर्ता गरेको संघीय निजामती सेवासम्बन्धी विधेयकमा सेवा प्रवेशको उमेर हद घटाउने प्रस्तावबाट लोकसेवा तयारी गरेकाहरू असन्तुष्ट बनेका छन् । सरकारले लोक सेवा आयोगको परामर्शमा सरकारी कर्मचारीहरुको सेवा प्रवेशको उमेर घटाउने र अवकाश पाउने उमेर बढाउने प्रस्ताव गरेको छ । हाल निजामती सेवा ऐनको दफा १० को ‘ग’ मा  निजामती सेवामा प्रवेश […]