धर्मशाला छिट्टै फिर्ता– पर्यटनमन्त्री आले

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले भारतको सहयोगमा निर्माण भएको धर्मशाला छिटै फिर्ता ल्याउने बताएका छन् । महाशिवरात्री पर्व २०७८ को तयारीका बिषयमा पशुपति क्षेत्र बिकास कोषले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री आलेलेअदालतले समेत बाटो खोलिदिएकाले धर्मशाला छिट्टै फिर्ता ल्याउने बताएका हुन् । मन्त्री आलेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २५ […]

सम्बन्धित सामग्री

पशुपति धर्मशाला संचालनमा राेक नलगाउन आदेश

काठमाडाैं : बतास ग्रुपले सञ्चालन जिम्मा पाएको गौशालास्थित धर्मशालामा हाेटल सञ्चालनमा रोक नलगाउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा मन्त्रालयले धर्मशालमा होटल सञ्चालन गर्न बतास ग्रुपले पाएको इजाजत खारेज गरिएको थियो। सम्झाैता विपरित हाेटल संचालन गरेकाे भन्दै पर्यटन मन्त्रालयले पशुपतिस्थित धर्मशालाको सञ्चालन जिम्मा पाएको होटल आनन्द प्रालिसँग सम्झौता रद्द गरेको थियो।त्यसविरुद्ध बतास समूहले दायर गरेको रिटमा न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासल

पशुपति धर्मशालामा बताससँगको सम्झौता रद्द गर्न छानबिन समितिको सिफारिस

काठमाडौँ । पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता खारेज गर्न छानबिन समितिले सिफारिस गरेको छ । धर्मशाला भाडामा लिएर महँगोमा होटल चलाएको भन्दै आलोचना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट गठन भएको छानबिन समितिले बतास समूहसँगको सम्झौता खारेज गर्न सिफारिस गरेको हो । हिजो (आइतबार) पर्यटनमन्त्री प्रेम आलेले पशुपति धर्मशालाको निरीक्षण गर्दै […]

पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण

काठमाडौँ – पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण भएको छ । उनको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको निजी सचिवालयले जनाएको छ । सोमबार रिपोर्ट पोजेटिभ आएको हो । आइतबार उनले पशुपति धर्मशाला, नारायणहिटी दरबार क्षेत्र लगायतको निरीक्षण गरेका थिए।

पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ। केही दिनयता मन्त्री आले सार्वजनिक कार्यक्रममा सहभागी कार्यक्रममा दौडधुप गरिरहेका थिए। कोरोना समक्रमणसहित ज्वरो पनि आएकाले अहिले घरमै आराम गरिरहेको सचिवालयले जनाएको छ। आइतबार मात्रै मन्त्री आलेले पशुपति क्षेत्रमा बतास समूहले सञ्चालन गरेको धर्मशाला र नारायणहिटी संग्रहालयको निरीक्षण गर्न पुगेका थिए। पछिल्लो केही दिनयता राजनीतिक दलका शीर्ष नेतादेखि मन्त्रीहरूसमेत संक्रमित हुने र निको हुने क्रम चल

अनुगमनमा मन्त्री आले, बतासले लिएको पशुपतिको ‘धर्मशाला’ मा यस्तो देखियो

आज अनुगमनमा पुगेका पर्यटनमन्त्री आलेले धर्मशाला सेभेनस्टार होटेलजस्तो देखिएको बताएका छन् ।

पशुपतिको धर्मशाला त सेभेन स्टार होटेल जस्तो देखेर म ‘सक’ भएँ – पर्यटनमन्त्री आले

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको बताएका छन्। छानबिन समितिका सदस्य, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहित पशुपति क्षेत्रमा आइतबार बतास अर्गनाइजेसनले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशालाको निरीक्षणपछि मन्त्री आलेले धर्मशाला त सेभेन स्टार होटेलजस्तो देखेर आफू सक भएको बताएका हुन्। छानबिन समितिले सोमबार प्रतिवेदन […]

पर्यटन मन्त्री आलेद्वारा पशुपति धर्मशालाको निरीक्षण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशाला परिसरको अवलोकन गरेका छन्। बतास अर्गनाइजेशनलाई यसअघि नै भाडामा दिएर सञ्चालन गरिएको धर्मशालाको अवस्था निरीक्षण गर्न उनी त्यहाँ पुगेका हुन्।  निरीक्षण...

पशुपतिको धर्मशाला देखेर म ‘सक’ भएँ : पर्यटनमन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको बताएका छन् । छानबिन समितिका सदस्य, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहित पशुपति क्षेत्रमा आइतबार बतास अर्गनाइजेशनले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशालाको निरीक्षणपछि मन्त्री आलेले धर्मशाला त सेभेन स्टार होटलजस्तो देखेर आफू सक भएको बताएका हुन् । छानबिन समितिले सोमबार प्रतिवेदन बुझाएपछि सबै सत्यतथ्य बाहिर ल्याउन बताएका मन्त्री आलेले धर्मशालामा सस्तो र सर्

बतास समूहले प्रयोग गरेको पशुपति धर्मशाला निरीक्षण गर्न पुगे मन्त्री आले

संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले पशुपति क्षेत्रभित्र रहेको बतास समूहले भारतले अनुदानमा तीर्थालुका लागि बनाइदिएको धर्मशालामा होटेल चलाएकोलगायत अन्य ठाउँको निरीक्षण गरेका छन् । आइतबार बिहान ११ पशुपति क्षेत्र पुगेर मन्त्री आलेले निरीक्षण गरेका हुन् । उनले धर्मशालाका प्रत्येक कोठा कोठा पुगेर निरीक्षण गरेका छन् । पशुपतिको धर्मशाला प्राइम लोकेसनमा रहेकाले बतास समूहले त्यसबाट राम्रो कमाइ गरेको देखिएको छ ।बतास समूहले सेटिङका आधारमा सो धर्मशाला प्रयोग गरेको समाचार बाहिर आएक

बतास समूहलाई सार्वजनिक सम्पत्तिमाथि आँखा नगाढ्न समाजवादीनिकट युवा संघको चेतावनी

युवा संघ, नेपालले पशुपति क्षेत्र भित्र रहेको सार्वजनिक सम्पत्ति अतिक्रमित भएको बताएका छन्। शनिबार दिउँसो पशुपति क्षेत्रमा बनेको धर्मशालाको अनुगमन गर्न पुगेका संघका टोलीले धर्मशाला व्यापारिक प्रयोजनको निम्ति दिने काम गरेको भन्दै त्यसलाई तत्काल रोक्न पनि सरकारसँग माग गरेको छ। युवा संघले नारायणहिटी संग्राहलयमा बनाउन लागेको रेष्टुरेन्ट भत्काउन निर्देशन दिएको भन्दै पर्यटनमन्त्री प्रेमबहादुर आलेलाई धन्यवाद समेत दिएको छ।