काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का नेता प्रदीप यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिइने बताएका छन्।संसद भवनमा आयोजित सर्वदलीय बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै यादवले पुस २६ गते प्रचण्डलाई आफूहरूले विश्वासको मत दिने बताए।‘हामीले प्रचण्डजीलाई समर्थन गर्छाैं भनेर राष्ट्रपति कार्यालयमा हस्ताक्षर गरिसकेका छौं’, यादवले भने,‘अनावश्यक शंका नगर्नुहोला।’समाजवादीका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेको