पुँजीगत लाभकर घटाउने सरकारको निर्णय, दीर्घकालीनलाई ३.७५ र अल्पकालीनलाई ५ प्रतिशत

सरकारले सेयर कारोबारबाट हुने लाभमा व्यक्तिगत लगानीकर्ताले तिर्नुपर्ने पुँजीगत लाभकर घटाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावअनुसार दीर्घकालीन लगानीकर्ताका लागि ३.७५ प्रतिशत र अल्पकालीन लगानीकर्ताका लागि ५ प्रतिशत पुँजीगत लाभकर कायम गर्ने निर्णय गरेको हो। नयाँ व्यवस्थाअनुसार ३६५ दिनभन्दा बढी समय स्वामित्वमा राखिएको सूचीकृत धितोपत्र बिक्रीबाट प्राप्त लाभमा ३.७५ प्रतिशत कर लाग्नेछ। ३६५ […]