नेपालका बाइसे–चौबिसे राजाको पालामा बनेको उक्त गढीमा निर्माण गरिएको संरचना हेर्न, तथा सो क्षेत्रबाट आसपासका प्राकृतिक दृश्य नियाल्न यति बेला पर्यटकको आगमन बढ्दो छ।...
लमजुङ– ऐतिहासिक पुरानोकोट गढी पर्यटकको मुख्य गन्तव्यको रूपमा पर्न थालेको छ । यहाँ नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र बेँसीसहर नगरपालिकाको संयुक्त लगानीमा वडा नं ४ स्थित पुरानोकोट गढीमा शान्ति स्तूपा तथा भ्यू टावर निर्माण गरिएपछि यतिबेला पर्यटकको आवागमन बढ्न थालेको हो । नेपालका बाइसे–चौबिसे राजाको पालामा बनेको उक्त गढीमा निर्माण गरिएको […]
लमजुङ – धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्वले भरिपूर्ण छ, लमजुङको पुरानोकोट गढी । जिल्लाको बेसीशहर नगरपालिका–४ मा रहेको छ, यो गढी । उच्च ठाउँमा रहेको यस गढीबाट विभिन्न जिल्लाका साथै विभिन्न हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।
स्थानीय शम्शेर गुरुङ पुरानोकोट गढीबाट लमजुङ र अरु जिल्लाको अनुपम प्राकृतिक सौन्दर्यलाई नियाल्न सकिने बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘यस गढीबाट दर्जनौ हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ । धार्मिक, सांस्कृतिक रुपले मात्र नभई पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण छ, पुरानोकोट...