काठमाडौं । जीडब्लुएम नेपालले हाबाल जलिअन मोडलमा आकर्षक फिचरहरु सहित टप भेरियन्ट नेपाल भित्र्याउने भएको छ । ६० वटा मुलुकहरुमा ६५ लाख भन्दा धेरै बिक्री भइसकेको हाबाल विगत ११ वर्ष देखि चीनमा एसयूभी बिक्री गर्ने नम्बर १ ब्रान्ड भएको कम्पनीले दावी गरेको छ । १८ इन्चको आल एल्युमिनियम मिश्र धातुयुक्त पाङ्ग्रा, ७३% उच्च क्षमताको स्टिल बडी देखि ६ तरिकाको विद्युतीय आफूअनुसार मिलाउन सकिने ड्राइभर सिटसम्म राखेर परिस्कृत निर्माणमा उक्त गाडी आउने भएको हो । यसको पानोरमिक सनरुफ र डुअल जोन अटो एसीले आरामदायी