मोतियाविन्दुको निःशुल्क शल्यक्रियाले समय बचत र आर्थिक राहत

जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिनकी ८० वर्षीया पदममाया गुरुङले केही वर्षअघि दाहिने आँखाको मोतियाविन्दुको शल्यक्रिया गरेकी थिइन् । तर गत वर्षदेखि देव्रे आँखामा पनि समस्या देखा प¥यो । दैनिक हिँडडुल गर्न र घरायसी काम गर्न असहज बन्दै गयो । शल्यक्रिया गर्न कि झापा वा इटहरी जानुपर्ने हुन्थ्यो । तर आर्थिक अभावले जान सम्भव भएन । […]