प्रदेश १ मा कोरोना परीक्षणको दायरा र संख्या बढेको छ । छरितो विधि (¥यापिड डाइग्नोष्टिक टेस्ट) बाट बुधबारसम्म जम्मा ५ सय ५५ जनाको परीक्षण भएको प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कले जनाएको छ ।
ल्याबमा गरिने परीक्षण (पीसीआर) र किटबाट गरिने (आरडीटी) विधिबाट बुधबारसम्म जम्मा ८ सय २१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जम्मा ८ सय ३९ जनाको नमुना संकलन भई परीक्षणमा पठाइएको र पीसीआर तर्फका १८ जनाको रिर्पोट आउन बाँकी रहेको डेस्कले जनाएको छ ।
सबैको परीक्षण नतिजा नेगेटिभ आएकाले हालसम्म प्रदेश १ मा कसैमा कोरोना रोगको संक्रमण देखिएको बताइएको छ । प्रदेश १ मा अहिलेसम्म आरडीटी विधिबाट ७६ महिला र ४ सय ७९ पुरुषको नमुना परीक्षण गरिएको छ ।
विराटनगर : प्रदेश-१ का कोरोना भाइरस शंकास्पद २० जनामध्ये १४ जनाको रिपोर्ट नेगेटिभ आएको छ। प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले विभिन्न क्वारेन्टाइनमा रहेकोहरुमध्ये २० जनाको परीक्षण गर्दा १४ जनाको नतिजा नेगेटिभ आएको र ६ जनाको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए।
उनका अनुसार प्रदेशमा १७४ शय्याको आइसोलेशन कक्...