बुधवारयता लगातार तीन दिन सुनको भाउमा कीर्तिमान, आज तोलामा ८०० रुपैयाँ बढ्यो

काठमाडौं । बुधवारयता हरेक दिन कीर्तिमान कायम गरिरहेको सुनको भाउले शुक्रवार (आज) पनि नयाँ उचाइ छोएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँ बढेर १ लाख १३ हजार ३०० रुपैयाँ कायम भएको छ । यो अहिलेसम्मकै सर्वाधिक हो । यसअघि गत बिहीवार सुनको भाउ अहिलेसम्मकै सर्वाधिक कायम भएको थियो । उक्त दिन सुन तोलाको १ लाख १२ हजार ५०० रुपैयाँ तोकिएको थियो । त्यसको अघिल्लो दिन बुधवार पनि सुनको भाउले कीर्तिमान कायम गरेको थियो । सुनचाँदी व्यवसायी महासंघका अनुसार उक्त दिन सुनको भाउ १ लाख १२ हजार कायम भएको थियो ।  त्यसअघि गत वैशाख २१ गते सुनको भाउ सर्वाधिक कायम भएको थियो । उक्त दिन सुन ताेलाकाे १ लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  सुनको भाउले कीर्तिमान कायम गर्दा चाँदीको मूल्य पनि बढेको छ । बिहीवारको तुलनामा चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेर १ हजार ४३५ कायम भएको छ । गत बिहीवार चाँदीको मूल्य तोलाको १ हजार ४१० रुपैयाँ तोकिएको थियो । 

सम्बन्धित सामग्री

आज पनि सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढ्यो

काठमाडौं : सुनको मूल्य लगातार उकालो लाग्ने क्रम जारी छ। अघिल्लो दिनको भन्दा ६ सय रुपैयाँ बढ्दा सोमवार बजार मूल्य प्रतितोला १ लाख ३ हजार ९ सय रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य लगातार बलियो हुँदा नेपाली बजारमा सोझै प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत साताको अन्तिम…

सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढ्यो

काठमाडौंः तीन दिन लगातार घटेको सुनको मूल्य विहीबार तोलामै ८ सय रुपैयाँ बढेको छ। लगातार घटेर तोलाको ९४ हजार रुपैयाँ कायम भएको सुन विहीबार ९४ हजार ८ सय कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसले स्थानीय बजार प्रभावित बनाएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य विहीबार प्रति औंसमै १८ डलर…