केन्द्रमा भएको भागबन्डाप्रति रुष्ट बने कास्कीका कांग्रेस कार्यकर्ता, जिल्ला कार्यालयमा लगाए ताला

पोखरा : पोखरा महानगरपालिकाको मेयरको उम्मेदवारी नेकपा (एकीकृत समाजवादी)को भागमा परेपछि नेपाली कांग्रेस कास्की कार्यालयमा तालाबन्दी गरिएको छ। गठबन्धनको निर्णयबाट रुष्ट रहेका कांग्रेसका कार्यकर्ताले पार्टी कार्यालयमा बुधवार ताला लगाएका हुन्। पोखरा महानगर समिति सचिव टुवराज बास्तोला र गणेशबहादुर थापाको  नेतृत्वमा विज्ञप्ति जारी गरी तालाबन्दीको गरिएको हो। एकीकृत समाजवादीलाई प्रमुख दिनु कांग्रेसको…