बालकुमारी मन्दिरबाट हराएको मूर्ति खोजीमा मन्त्री भुसालको चासो, गृहमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर महानगरपालिका–२७ को सुनाकोठीस्थित बालकुमारीको मन्दिरबाट हराएको मूर्ति  सक्रियतापूर्वक खोजी गर्न गृहमन्त्री बालकृष्ण खाँडलाई त्यहाँका जनप्रतिनिधिसहितको टोलीले ज्ञापनपत्र बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको नेतृत्वमा आज गृह मन्त्रालय पुगेको टोलीले मूर्ति चोरीको घटनालाई प्रमुख प्राथमिकता साथ खोजी तथा अनुसन्धान गर्न ज्ञापनपत्र बुझाएको हो । गृहमन्त्री खाँडलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ –कुनै विलम्ब नगरी केन्द्रीय अनुसन्धान महाशाखाबाट तत्काल उक्त चोरीको सुक्ष्मभन्दा सुक्ष्म तवरले खोज...