मधेश प्रदेशमा गठबन्धनको बैठक मंगलबार बस्ने भएको छ । एक साता अघि बसेको गठबन्धनको बैठकले आ–अफ्ना दलको अवस्थाबारे रिपोर्टिङ गर्ने गरी २७ गतेसम्मका लागि स्थगित गरिएको थियो ।बैठकबाट २२ गतेसम्ममा पालिका–जिल्ला कमिटीसँग आ–आफ्नो संगठनको अवस्थाबारे बुझेर चैत २७ गते बैठक बस्ने गरी स्थगित भएको थियो । तर गठबन्धन दलको बैठक जिल्लादेखि स्थानीय स्तरसम्म पनि हुन सकेको छैन । मधेश प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिरहालगायतका जिल्लामा गठबन्धनका लागि बैठक भएपनि पर्सा, बारा, रौतहटलगायतका जिल्लामा