सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादु खड्काले लगातार अग्रता बढाएका छन् । उनले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका धुर्वकुमार शाहीलाई ६ हजार ८६० मतान्तरले पछि पारिरहेका छन् । सो क्षेत्रमा अहिलेसम्म ४९ हजार ४५ मत गणना भएको छ । त्यसमध्ये २६ हजार ६३६ मत उनको पक्षमा आएको छ भने एमाले नेता शाहीको पक्षमा १९ हजार ७७६ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका मोहम्मद हसरत अलीले ४५५ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का छत्रपति थापले ३८० मत पाएका