नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव एवं अर्घाखाँची जिल्ला इन्चार्ज गोविन्दप्रसाद भुसालले पदबाट राजीनामा दिएका छन् । एमाले अर्घाखाँचीको आठौँ जिल्ला अधिवेशनप्रति असन्तुष्ट देखिएका उनले आफूले एमालेको साधारण सदस्यसमेत नरहने गरी एमाले परित्याग गरेको बताएका छन् ।