कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । उनको पक्षमा २२ मत खसेको छ । प्रतिपक्षी दल एमाले भने सहभागी थिएन ।
मुख्यमन्त्री शाहीले मंगलवार विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका थिए । आज भएको मतदानमा माओवादी केन्द्र, कांग्रेस, नेकपा (एस) र राप्रपाका प्रदेश सभा सदस्यले मत दिएका थिए ।