सत्ता साझेदार दलको बैठक दिउँसो तीन बजेलाई तय

काठमाडौँ । सत्ता साझेदार दलको बैठक आज दिउँसो तीन बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागवण्डा टुङ्गो लगाउने तयारी गरेको छ