म्याग्दीमा सडक पुगेपछि गाउँगाउँमा पसल, बजार बन्दै छेउछाउका बस्ती

१८ चैत, गलेश्वर । म्याग्दीका ग्रामीण क्षेत्रमा सडकको पहुँच पुगेसँगै गाउँगाउँमा पसल राखी व्यापार गर्ने चलन बढेको छ । यातायातका साधनमार्फत काठमाडौँ, पोखरा र चितवनका ठूला सहरबाट खाद्यान्नलगायत उपभोग्य र निर्माण सामग्री गाउँगाउँमा नै पुग्न थालेपछि बेनीबजार र दरबाङ बजारका साथै जिल्लाका पुराना बजारको व्यापार घटेको छ । उत्तरतर्फ बेनी–जोमसोम र पश्चिमतर्फ बेनी–दरबाङ सडकको ट्र्याक […]