जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका ८२१ योजना सम्पन्न

सुर्खेत : कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले एक वर्षमा ८२१ योजनाहरू सम्पन्न गरेको बताएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको समीक्षा कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक भएको हो।२ हजार ७२५ योजनामध्ये ८२१ वटा योजना सम्पन्न गरेको निमित्त सचिव गोपाल शर्माले जानकारी दिए। खानेपानीतर्फका १४७ वटा बहुवर्षीय ठेक्कामार्फत काम भइरहेको छ। २७४ वटा क्रमागत योजना यसै आर्थिक वर्षमा सम्पन्न गर्न काम भइरहेका छन्। ७३ वटा नयाँ योजना यो वर्षमा कार्यान्वन हुने क्रममा रहेका रहेका छन