हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे, १ अर्ब १३ करोड रुपैयाँको कारोबार

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ३७ दशमलव २७ अङ्कले घटेर एक हजार नाै सय ३४ दशमलव ११ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा जलविद्युत्, विकास बैंक, बीमा र लघुवित्त समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय २३ वटा कम्पनीकाे ३६ लाख ६६ हजार कित्ता शेयर एक अर्ब १३ करोड ४० लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड २९ लाख रुपैयाँको शेयर किनबेच भयो । आज रिभल फल्स पावर कम्पन...