लाभको पदमा रहेको ठहर गर्दै उम्मेदवारी खारेज गरिदिएको तोसिमा कार्की र नो नट अगेनमाथि प्रतिबन्धका सम्बन्धमा परको रिट न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा परेको छ । मेडिकल काउन्सिलको सदस्य भई बैठक भत्ता बुझेकै आधारमा त्यसलाई लाभको पद मान्दै उम्मेदवार हुन अयोग्य हुने निर्वाचन आयोगले निर्णय गरेपछि ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार डा. तोसिमा कार्की सोमबार रिट लिएर सर्वोच्च अदालत पुगेकी थिइन् । मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नभएको र त्यहाँबाट नियमित तलब तथा भत्ता नबुझेको कारण आफ्नो उम्