हेटौंडा : बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको हस्तक्षेपको कारण सवारी ट्रायलमा ७० अंक ल्याए पास हुने प्रणाली कार्यान्वयन फेरि एकपटक रोकिएको छ।आइतबारबाट लागू गर्ने भनिएको सवारी ट्रायलमा ७० अंक ल्याए पास हुने प्रणाली तत्काल लागू नगर्न मुख्यमन्त्री कार्यालयले परिपत्र गरेपछि अन्तिम समयमा पुनः उक्त प्रणाली कार्यान्वयन रोकिएको हो।भोलि आइतबार संघीय राजधानीसमेत रहेको काठमाडौंको चाबहिलस्थित यातायात कार्यालयबाट ७० अंकको ट्रायल परीक्षा कार्यान्वयनको उद्घाटन गर्ने तयारी श्रम,रोजग