काठमाण्डाै – कोभ्याक्स सुविधाको खोप ओसार्न विश्वका ठूला एअरलाइन्सले प्रतिबद्धता जनाएका छन् । संयुक्त राष्ट्र सङ्घीय बाल कोष युनिसेफको अगुवाइमा विश्वका कम आय भएका देशलाई प्राथमिकतामा राखेर खोप ओसार्न ठूला एअरलाइन्स कम्पनी सहमत भएका छन् ।कोरोनाविरुद्धको खोप, अत्यावश्यक औषधि, मेडिकल सामग्री तथा अन्य महत्त्वपूर्ण वस्तुहरू प्राथमिकताका आधारमा आपूर्तिमार्फत युनिसेफलाई सहयोग गर्नका लागि विश्वका १५ प्रमुख वायु सेवा कम्पनीहरूले एउटा सम्झौतामा हस्ताक्षर गर्दैछन् ।युनिसेफको आपूर्ति महाशाखाका निर्देशक एत्लेभा कादिलिले कोल्ड चे...