काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश सरकारलाई खारेजी गर्ने कार्यनीति बनाउने निर्णय गरेको छ। साउन ५ गतेदेखि ७ गते काठमाडौंमा बसेको केन्द्रीय कार्यसमिति बैठकले पूर्ण समानुपातिक संसद् र जनताबाट प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्रीको अवधारणालाई अघि सारेको प्रवक्ता मोहन श्रेष्ठले बताए।‘प्रजातन्त्रको रक्षा, भ्रष्टाचारको अन्त्य र देशमा स्थिरता कायम राख्न संविधानभित्र परिवर्तन अपरिहार्य भएको छ। वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार र परिवर्तन गर्नुपर्न