नेकपा माओवादी केन्द्रका तर्फबाट पहिलो चरणमा पम्फा भुसाल र जनार्दन शर्मा मन्त्री बन्ने भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएलगत्तै आजै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।
माओवादीका तर्फबाट पहिलो चरणमा भुसाल र शर्मा मन्त्री बन्ने पक्का भएको स्रोतले लोकान्तरलाई जानकारी दियो ।
नेपाली कांग्रेसका तर्फबाट पनि आज २ जनाले मन्त्रीको शपथ लिने तयारी गरेका छन् ।
प्रधानमन्त्री देउवाको शपथ राष्ट्रपति कार्यालयमा साँझ ६ बजेका लागि तय भएको छ ।