प्रचण्डका भान्जा र ओली निकट व्यवसायीले तिरेनन् भाडा

हेटौँडा : हेटौँडाका उद्योगहरूले ८ बर्षदेखिको भाडा नतिरेको पाइएको छ।सरकारी जग्गामा उद्योग सञ्चालन गरेबापत बुझाउनुपर्ने भाडा ८ वर्ष अघिदेखिको बक्यौता रहेको पाइएको हो। कानुनतः असार मसान्तभित्र हरेक वर्ष औद्योगिक क्षेत्रको जग्गा भाडा तिर्नुपर्ने हुन्छ। तर, हेटौँडा औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूले २०७१ सालअघि देखिकै जग्गा भाडा तिर्न बाँकी रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालय हेटौँडाले जनाएको छ।कार्यालयका अनुसार उद्योग सञ्चालन गरे बापतको जग्गा भाडा नतिर्नेमा बन्द भइ