रक्षामन्त्री डा. मिनेन्द्र रिजालले नेपाली सेना व्यावसायिक र अनुशासित भएको बताएका छन् ।
महोत्तरीको बर्दिवासस्थित नेपाली सेनाको मध्यपृतना निरीक्षणका क्रममा मन्त्री डा. रिजालले इमान्दारीको परिचयले नेपाली सेना संसारभरि चिनिएको उल्लेख गरे ।
‘राजनीतिक उतारचढावमा पनि नेपाली सेना आफ्नो व्यावसायिकताबाट कहिल्यै धरमराएन,’ मन्त्री रिजालले भने, ‘नेपाली सेनाको परिचयले राष्ट्रको गौरव बढेको छ ।’
सरकार सेनालाई अझ समय अनुकूल दक्ष बनाउन पछि नपर्ने मन्त्री डा. रिजालको भनाइ थियो ।
नेपाली कांग्रेसका केन्द्रीय...