विश्वभरी २७ हजार भन्दा बढी रुसी पर्यटक अलपत्र परेको समाचारमा जनाइएको छ । युरोपेली संघ (ईयू), क्यानडालगायतले युक्रेनमा गरेको आक्रमणको विरोधमा रुसी एयरलाइन्सलाई प्रतिबन्ध लगाएसँगै आफ्ना देशका नागरिक अलपत्र परेको रुसको ट्राभल एजेन्सी संघले जनाएको छ । ट्राभल एजेन्टहरूले यसको विकल्प फेला पार्ने प्रयास गरिरहेका छन् । केही संख्याका विमान सेवाहरुले युुरोपमा मात्रै नभई उत्तरी र मध्य अमेरिका जाने उडान समेत बन्द गरेका छन् ।विभिन्न मुलुकहरुले मस्कोले युक्रेनमाथि आक्रमण गरेपछि रुसी विमानहरूका लागि हवाई