मुक्तिनाथ मन्दिर पर्यटककाे आकर्षणको केन्द्र बन्दै

म्याग्दी । धार्मिक ऐतिहसिक र प्राकृतिक भू–बनोटका हिसाबले महत्वपूर्ण मानिएको हिमालपारीको जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिर पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । समुन्द्र सतहबाट ३ हजार ७ सय १० मिटरको उचाईमा रहेको निलगिरी हिमाल, मुक्तिनाथ हिमाल र दामोदर हिमालको काखमा अवस्थित यो मन्दिरमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको भीड लाग्न थालेको हाे । […]