गीता दास तत्मालाई मैले चिनेको २० वर्ष जति भयो । उनी कुनै परियोजनामा सामाजिक परिचालकको रुपमा काम गर्थिन् । पछि दलित महिला संघले उनलाई महोत्तरी जिल्लाको नेतृत्वदायी भूमिका दियो । उनको सामाजिक अभियान दलित महिलाहरुमा मात्र सीमित भएन, अन्य महिलाहरुमाझ पनि उत्तिकै भिजिन् र लोकप्रिय भइन् । एक त मधेसमा महिलाहरु घुम्टोभित्र रहँदै घरमा सीमित हुनुपर्ने संस्कार, त्यसमाथि जातीय उत्पीडन पनि भोग्नुपर्ने दलित महिला यसरी सामाजिक अभियानमा जोडिई लोकप्रियता हासिल गर्नु आफैमा ठूलो कुरा थियो । उनी कुनै पनि हिसाव