लहान : सिरहाको गोलबजार नगरपालिका–२ को पर्यटकीय स्थल कुम्भीखाडी दह जोड्ने मैनाबत्ती खोलामा निर्माणाधीन पुल बाढीले भत्काएको छ। पुलको स्ल्याब बाढीको बहाव थेग्न नसकेर भत्किएको हो।
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको ४५ लाख रुपैयाँ लागतमा पुल निर्माण भइरहेको थियो। करिब ८० प्रतिशत काम सम्पन्न भएको पुलको स्ल्याब...