दशबुँदे सहमतिपत्र कार्यान्वयन गराउने प्रयास जारी - नेता विष्ट

नेकपा (एमाले) एकताका लागि प्रयासरत रहँदै आएका दाेस्राे तथा युवा पुस्ताका नेताहरुकाे शुक्रबार बसेकाे बैठकले एमाले एकताकाे प्रयास रहने निष्कर्ष निकालेकाे छ । एमाले एकताका लागि तयार गरिएको दश बुँदे सहमतिपत्र कार्यान्वयनमा जाेड दिँदै एकता प्रयास जारी राखिने एमाले नेता गाेकर्ण विष्टले बताउनुभएको हाे । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले सांसद र केन्द्रीय समितिमा २० प्रतिशतले दल विभाजन गर्न मिल्ने अध्यादेश जारी गरेर एमाले फुटाउन खाेजिएकाे र यसले देशमा राजनीतिक अस्थिरता निम्त्याएको नेता विष्टले बताउनुभयाे । उहाँले अध्यादेशकाे विराेध एवम् फिर्ताका लागि माग गर्ने पनि बताउनुभयाे । नेकपा (एमाले)का संस्थापन पक्षले