काठमाडैं । नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फन्ड २ र नबिल इक्विटी फन्डले आफ्ना इकाई धनीहरूलाई आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गरेको छ ।
जस अन्तर्गत नबिल ब्यालेन्स्ड फन्ड २ ले ३५ प्रतिशत (करसहित) र नबिल इक्विटी फन्डले ४० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।