प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाउनुभएको छ । बिहीबार बिहान बस्ने बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनःस्थापनालगायत विषयमा छलफल हुने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले आज बझाङका जनप्रतिनिधि र राजनीतिक दलका …