सर्वोच्चको फूलकोर्टले माग्यो संसदको महासचिवसँग स्पष्टीकरण, महाअभियोग निष्प्रभावी बनाउने निर्णय कार्यान्वयन नगर्ने संकेत

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आज सर्वोच्च अदालत फर्किने तयारीमा थिए। संसद सचिवालयले जबरामाथि लागेको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र पठाएपछि उनी आजै सर्वोच्चमा नियमित काममा फर्किने तयारीमा थिए। तर, नेपाल बार एसोसिएसन र सर्वोच्च बारले जबरालाई रोक्ने निर्णय गर्‍यो। र, सरकारले पनि जबरामाथि लागेको महाअभियोग जीवित भएको बतायो।…