काठमाण्डाै – काठमाण्डाै उपत्यकामा बढीमा २५ जना विद्यार्थीसम्म राखेर परीक्षा चलाउन पाइने भएकाे छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आइतवार बसेकाे बैठकले निषेधाज्ञा थप खुकुलाे पार्दै यस्ताे निर्णय गरेकाे हाे ।
यस्तै एकै दिनमा २५ जनाभन्दा बढी जम्मा हुने अवस्था भएमा शिफ्ट अनुसार परीक्षा सञ्चालन गरी परीक्षार्थीहरू हलमा प्रवेश गर्नुअघि र परीक्षा सकिएपछि सरकारले तोकेको मापदण्डअनुसारको भौतिक दुरी कायम हुने व्यवस्था मिलाउनु पर्नेछ ।
एउटा शिफ्टका सबै व्यक्ति परीक्षास्थलबाट बाहिरिएपछ...